Logo

८ जेठ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रमको प्रति टेबल गर्न अनुमति दिए। जतिबेला कांग्रेस सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका थिए। मर्याैदापालकलाई सभामुखले सुरक्षा प्रदानका लागि निर्देशन दिए।

त्यसपछि रोष्ट्रममा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनको प्रति टेबुल गरे। प्रधानमन्त्रीले टेबल गरेको प्रति निर्णयार्थ पेस गरेका थिए। सँगसँगै राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पनि उनले यही शैलीमा निर्णयार्थ पेस गर्दै सर्वसम्मतीले पारित भएको जानकारी सदनलाई गराएका छन्।

 


सम्बन्धित समाचार