Logo

८ जेठ,काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहियालाई पूर्वाग्रह राखेर पक्राउ पुर्जी जारी गरिएको आरोप लगाएको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले कसैप्रति पूर्वाग्रह राखिए कांग्रेसले नसहने बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार शिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । ‘कान्तिपुरका अध्यक्ष शिरोहियालाई पक्राउ पुर्जी जारी गरिएको सुन्नमा आएको छ ।  कानूनी कारबाहीको दायरमा प्रत्येक नागरिकलाई ल्याउनुपर्छ तर, आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने कांग्रेसले राणालाई सहेन, राजालाई सहेन कसैमाथि नसहने दोहो¥याउन चाहन्छु ।’

कान्तिपुरले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे लगातार समाचार लेख्दै आएको छ।

 


सम्बन्धित समाचार