Logo

९ जेठ,काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बसिरहेको छ । सानेपास्थित पार्टी मुख्यालयमा भर्खर बैठक सुरु भएको हो ।
आजको बैठकमा समसामयिक राजनीतिक विषय र पछिल्ला घटनाक्रममा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने अडानमा सदन अवरुद्ध गरिरहेको काँग्रेस हिजो कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया नागरिकतासम्बन्धी कसुरमा पक्राउपछि थप आक्रोशित बनेको छ । यही मेसोमा बसेको काँग्रेस बैठकले भावी रणनीति तयार गर्ने बताइएको छ ।

काँग्रेसको नाराबाजीबीच पछिल्लो दिनमा सदनको कारबाही अघि बढेको छ ।


सम्बन्धित समाचार