Logo

९ जेठ,काठमाडौं । सहकारी ठगीविरुद्ध चरणबद्ध आन्दोलन गर्ने नेपाली कांग्रेसले तय भएको छ । कार्यालय सानेपामा आाज बसिरहेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा कांग्रेसले आन्दोलनमा जानेगरी कार्यक्रम प्रस्ताव गरेको हो ।

त्यस प्रस्ताव अनुसार शुक्रबार राजधानीको भृकुटीमण्डपमा कांग्रेसले बृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । साथै गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा जोडिएका सहकारी रहेका क्षेत्रहरु चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन गर्ने तयारी गरेको छ ।

त्यसपछि पनि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्नेगरी कांग्रेसले मिति प्रस्ताव गरेको छ । कांग्रेसले औपचारिक रूपमा संघर्षका कार्यक्रम घोषणा गर्ने बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।


सम्बन्धित समाचार