Logo

११ जेठ,सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले ५० लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चलाएको जाँचका क्रममा लहान नगरपालिकाबाट ५० ग्राम लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

विशेष जानकारीको आधारमा प्रहरीको टोलीले सिरहा लहान नगरपालिका १८ बस्ने मोहम्मद मकसुतलाई पक्राउ गरेको हो । प्रहरी चौकी लहान सिरहाबाट खटिएको विशेष टोलीले जाँच गर्दा ५० ग्राम गाँजासहित मकसुतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरी चौकी लहान सिरहाबाट खटिएको प्रहरीको टोलीले उक्त लागु औषधसहित मकसुतलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका मकसुत जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । उनीमाथि थप विशेष अनुसन्धान जारी राखिएको सिरहा प्रहरी बताउँ  छ।


सम्बन्धित समाचार