Logo

मुख्यमन्त्री यादवलाई ध्यानकर्षण पत्र बुझाउदै

१४ जेठ, वीरगन्ज । मधेस प्रदेशका चारवटा राजनीतिक दलहरुले मुख्यमन्त्री सरोज यादवलाई ध्यानकर्षण पत्र बुझाएका छन् ।

प्रदेश सरकार अल्पमतमा रहेकोले मधेस प्रदेश सरकारले आर्थिक बर्ष ०८०/८१ के स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरण तथा विभिन्न मन्त्रालयबाट हुने रकमान्तरको विषयमा मधेस प्रदेशको चारवटा पार्टीले ध्यानकर्षण गराएको हो ।

मधेस प्रदेशबाट सरकारबाट बाहिरिएको नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आज मुख्यमन्त्री सरोज कुमार यादवको अध्यानाकर्षण गराएका छन् ।

एमालेका संसदीय दलका नेता सरोज कुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले संयुक्त रुपमा हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र आज मुख्यमन्त्री सरोज यादवलाई बुझाएका छन् ।

सरोज यादवको वर्तमान सरकार अल्पमतमो रहेकोले दीर्घकालिन असर पर्ने खालका निर्णयहरु न्गर्न नगराउन ध्यानाकर्षण गराएको हो ।

जसपा नेपालका सरोज यादव नेतृत्वको सरकारलाई दिएको समर्थन चारवटै दलले फिर्ता लिएपछि अहिले सरकार अल्पमतमा छ ।

यद्यपि मुख्यमन्त्री यादवले विश्वासको मत लिने र आफूले नै विश्वासको मत पाउने दावी गरिरहनु भएको छ । चारदलले भने अझै सरकार परिवर्तन गर्न सकिरहेको छैन ।


सम्बन्धित समाचार