Logo

१४ जेठ, वीरगन्ज । नागरिकता किर्ते मुद्दामा पक्राउ परेका कैलास सिरोहियालाई थप ५ दिन प्रहरी हिरासतमा राख्न प्रहरी माग गरेको छ ।

अनुसन्धान नसकिएको भन्दै धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई थप ५ दिन प्रहरी हिरासतमा राख्न अनुमति मागेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले सिरोहियालाई म्याद थप गर्न अनुमति मागेको हो । अध्यक्ष सिरोहिया ६ दिनदेखि प्रहरी हिरासतमा छन् । स्वास्थ्यमा समस्या आएपछि उनी अस्पतालमा भर्ना छन् ।

दोस्रोपटक अनुसन्धान गर्न प्रहरीले लिएको म्याद सकेपछि आज तेस्रोपटक पुनः म्याद थप गर्न सिरोहियालाई अदालत लगिएको छ ।


सम्बन्धित समाचार