Logo

१५ जेठ,काठमाडौं ।  सहकारी ठगी सम्बन्धमा गठन गरिने चार बुँदे सहमति भएको छ । संसदीय छानबिन समितिको कार्यादेश(टीओआर) मा दलहरुबिच ४ बुँदे सहमति भएको हो ।

कानुन तथा न्याय मन्त्रालयमा आज बसेको कार्यदलको बैठकले चार बुँदे सहमति गरेको बताइएको छ । प्रधानमन्त्रीलाई सहमतिको दस्तावेज पेस गरेपछि मात्र त्यसलाई सार्वजनिक गरिने उच्च स्रोतले जानकारी दिएको छ ।

दलहरुलबीच समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने गरी कार्यादेशमा सहमति भएको छ । ‘समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीको विषय हेर्ने, गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानविन गर्ने र गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने गरी चार बुँदे सहमति भएको छ,’ स्रोतले भन्यो ।


सम्बन्धित समाचार