Logo

१५ जेठ,जनकपुर । १७ दिन अगाडि मधेश प्रदेश सरकारबाट बाहिरिएका एमाले र माओवादीका मन्त्रीहरुले अझ निवासमै छन् ।

सरकारबाट बाहिरिएको आधी महिना भन्दा बढी भइसक्दा पनि ४ जना मन्त्रीहरुले निवासका छाँडेका छैनन् । स्रोतका अनुसार एमाले र माओवादीका मन्त्रीहरु अझ मन्त्री निवासमा नै बसिरहेका छन् ।
अर्थात् बाहिरिएको १७ दिन भइसक्दा पनि एमाले र माओवादीका मन्त्रीहरुले मन्त्री क्वाटर खाली गरेका छैनन् ।

बैशाख ३० गते नै राजीनामा दिँदै सरकारबाट बाहिरिएका मन्त्रीहरुले भने अझै मधेश भवन भित्रको मन्त्री निवासमै बसिरहेका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

स्रोतका अनुसार एमालेका ३ र माओवादीका एकजना मन्त्री अझ मन्त्री निवास कब्जा गरेर बसेको हुन । निवास खाली नगर्ने मन्त्रीहरुमा भौतिक मन्त्री बनेका सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री राजकुमार लेखी, शिक्षा मन्त्री प्रमोद जयसवाल र माओवादी केन्द्रबाट उद्योग मन्त्री भएका युवराज भट्टराई छन् ।

चारै जना मन्त्रीहरु अझ पनि मन्त्री निवासमै रहेको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ । मन्त्रालयको खर्च बचाउँन आफूहरु निवास नछाँडेको उनीहरुको प्रतिक्रिया छ ।


सम्बन्धित समाचार