Logo

१६ जेठ, वीरगञ्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगंजलाई आर्थिक राजधानी घोषणा सरकारसंग माग गरेका छन् ।

आजपा पर्सा जिल्ला कमिटीले ‘वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउन’ आज वीरगंजको टाउनहलमा आयोजना गरेको बृहत भेलालाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन् ।

मुुलुककै आर्थिक नगरी वीरगंजबाट सबैभन्दा बढी राजस्व उठने गरेको बताउँदै उनले ढिला नगरी सरकारले यथासिघ्र वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने बताए । वीरगंजमा सरकारले न्यनू लगानी गरिरहेको बताउँदै उनले आर्थिक नगरीको बिकासका लागि सरकारले बढी भन्दा बढी बजेट दिनुपर्ने माग समेत गरे ।

सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष २०८१/०८२ को बजेटले समेत वीरगञ्जलाई न्याय नगरेको बताउँदै उनले वीरगंजलाई आजपाले जसरी पनि आर्थिक राजधानीको रुपमा घोषणा गराएर सोही अनुसार बिकासका आयोजना पनि ल्याउँने प्रतिवद्धता जनाएका छन् ।

वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउन आजपाले पहल थालेको बताउँदै अध्यक्ष साहले त्यसका लागि उधोगी, व्यापारी, नागरिक समाज, बुद्धिजिवि, जनप्रतिनिधि, राजनीतिक दल लगायतका सबैको साथ सहयोगको आवश्यकता रहेको बताए ।

देशको प्रमुख आर्थिक केन्द्र, सबैभन्दा बढी राजस्व उठने ठाउँका साथै उधोग व्यापार सबैभन्दा बढी भएको वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गराउन सरकारलाई दबाब दिने उदेश्यले आयोजित भेलामा सहभागिलाई उनले धन्यवाद व्यक्त गरे ।

भेलामा उद्योगी, व्यापारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, बुद्धिजिवी, नागरिक समाज सहित बिभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भेलामा सहभागिहरुले वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउनका लागि आजपाले पहल गरेकोमा धन्यवाद दिदै त्यसका लागि संघर्षमा समेत उत्रिन तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।


सम्बन्धित समाचार