Logo

१८ जेठ, वीरगञ्ज । आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ ।

हरेक वर्ष मे ३१ तारिखका दिन यो दिवसमा यसपालि ‘सुर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाउँ’ भन्ने नारा तय गरिएको छ ।

चुरोट, सुर्ती, गुट्खा लगायतका सुर्तीजन्य पदार्थ खाँदा क्यान्सर लगायतका स्वास्थ्य समस्या निम्त्याउने डाक्टरहरु बताउँछन । क्यान्सरसहित विभिन्न रोगको जोखिमबाट बच्न धूमपान नगर्न तथा सुर्तीजन्य बस्तु नखान डाक्टरको सुझाव छ ।

नेपालले सुर्तीजन्य वस्तुको नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरेर सदस्य देश बनिसकेको छ ।

पछिल्लो समय सार्वजनिक ठाउँमा धुमपान गर्नेलाई कारबाही गर्ने प्रावधान भए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयन भने हुन सकेको छैन ।


सम्बन्धित समाचार