Logo

१७ जेठ, वीरगञ्ज । औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइने सरकारले घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा अर्थमन्त्री वर्षमान पुनले औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरेका थिए । यो घोषणासंगै देशमा अब पुनः गाँजा खेती हुने बाटो खुल्ला भएको छ । सरकारले नै गाँजा खेती वैधानिकता दिनेतर्फ अग्रसर भएपछि पर्साका किसानहरु हर्षित भएका छन् ।

नगदे बालीको रुपमा गरिने गाँजा खेतीले आर्थिक अवस्थामा सुधार आउने पर्साका किसानहरु बताउँछन् । त्यसकारण किसानहरु हर्षित मात्रै भएका छैनन्, सरकारको कदमलाई किसानहरुले स्वागतसमेत गर्न भ्याएका छन् ।

कारण–गाँजा खेतीलाई नगदेवालीको रुपमा लिएर उत्पादन बढाउँदा परम्परागत खेतीभन्दा २५ प्रतिशतभन्दा बढी आम्दानी हुने किसानहरुको अनुमान छ । उखु किसानका अध्यक्ष किसान सहरुम गद्दीले गाँजा खेतीलाई वैधानिक दिनु भनेको सरकारको सरकारको एकदम सराहनीय कार्य हो ।

उनका अनुसार किनभने यसअघि नेपालमा लाइसेन्स दिएर गाँजा खेती हुने गरेको थियो, तर बिचमा बन्द भएको थियो । उनी भन्छन्, ‘गाँजा खेतीलाई नगदेवालीको रुपमा औषधी प्रयोजनका लागि उप्तादन गरियोस, सरकारकै निगरानी खेती होस ।

यसरी भयो भने सरकार र जनतालाई पनि फाइदा पुग्छ ।’ तर यो खेती किसानले पहिलो प्राथमिकतामा राखेर दिनुपर्ने उनको तर्क छ । गाँजा खेतीले स्वदेशमै रोजगारको सिर्जना गर्न मद्दत पुर्‍याउने उनको भनाइ छ ।
यसको उत्पादन, बिक्री र प्रयोगबारे सहि जानकारी पाउने हो भने देशकै अर्थतन्त्र सवलीकरणमा ठूलो टेवा पुग्ने उनको दाबी छ ।

अर्का किसान महम्मद समिम गद्दीको गाँजा खेतीको व्यवसायिकतातर्फ सरकारले चालेको कदम सराहानीय रहेको भनाइ छ ।
औषधी प्रयोजनका लागि उत्पादन गर्ने कानुन बनाउनु देशैभरका किसानको लागि खुसीको कुरा रहेको उनी बताउँछन् । देशमा धान, गहुँ जस्तै गाँजा खेतीलाई पनि नगदेवालीको रुपमा बिकास गर्न सके यसको फाइदै फाइदा रहेको उनको तर्क छ ।

गाँजा खेती धेरै मुलुकहरुले खुल्ला गरिसकेकोले नेपालमै पनि खुल्ला गर्नु भनेको आथिर्क अवस्था सुदृढ हुने उनको भनाइ छ । तर यतातर्फको सेवनमा भने कडाइँ गर्नुपर्छ,’ उनले भने ।
उनका अनुसार यसले गर्दा युवाहरु लागु औषध सेवनको दलदलमा फस्नबाट जोगिन पाउँछन् ।


सम्बन्धित समाचार