Logo

१९ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ ।

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६५ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको १५० रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ तथा डिजेल र मट्टीतेलको १५२ रूपैयाँ पर्नेछ ।

यस्तै तेस्रो वर्गअन्तर्गत काठमाण्डौ पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६८ रूपैयाँ तथा डिजेल र मट्टीतेलको १५३ रूपैयाँ पर्नेछ ।

निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।


सम्बन्धित समाचार