Logo

१९ जेठ, काठमाडौं । भारतको लोकसभा चुनाव अन्तर्गत आज अन्तिम चरण अर्थात् सातौँ चरणको मतदान हुँदैछ ।

लोक सभाका बाँकी ५७ सिटमा आज बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । अन्तिम चरणमा उत्तर प्रदेश र पन्जाबका १३/१३ स्थान तथा पश्चिम बङ्गालका ९, बिहारका ८, ओडिसाका ६, हिमाञ्चल प्रदेशका ४, झारखण्डका ३ तथा युनियन टेरीटरी अफ चन्दीगढको एक स्थानमा मतदान भईरहेको छ ।

सातौँ चरणमा ९ सय ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसै चरणमा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र उत्तर प्रदेशको वाराणसीमा पनि मतदान हुँदैछ ।

सबै मतदान पुरा भएपछि आजैदेखि मतगणना शुरु हुने केन्द्रीय निर्वाचन आयोगलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जुन ४ तारिख अर्थात् आउँदो मङ्गलवारसम्म परिणाम घोषणा गर्ने तयारी छ । लोकसभाको ५ सय ४३ सदस्यका लागि विभिन्न चरणमा गरि चुनाव भएको हो ।


सम्बन्धित समाचार