Logo

२१ जेठ, काठमाडौं । भारतको सिक्किम विधानसभामा सिक्किम क्रान्तिकारी मोर्चाले एकलौटी जित हात पारेको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आज सार्वजनिक भएको हो ।

भारतीय निर्वाचन आयोगका अनुसार क्रान्तिकारी मोर्चाले विधानसभाको ३२ मध्ये ३१ सिटमा जित हात पारेको छ । त्यस्तै पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टले १ सिटमा चित्त बुझाएको छ ।

यसैबीच, सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङ विधानसभा चुनावमा पराजित भएका छन् । पोक्लोक–कामराङ क्षेत्रमा चाम्लिङ सिक्किम क्रान्तिकारी मोर्चाका भोजराज राईसँग पराजित भएका हुन् ।

२५ वर्ष सिक्किमको मुख्यमन्त्री रहेका चाम्लिङ राईसँग ३ हजार ६३ मतको अन्तरले पराजित भएका हुन् । राईले ८ हजार ३७ मत ल्याउँदा चाम्लिङले ४ हजार ९ सय ७४ मत मात्र प्राप्त गरे ।

पूर्वमुख्यमन्त्री चाम्लिङ नाम्चेबुङ क्षेत्रबाट पनि पराजित भएका छन् ।

सो क्षेत्रमा चाम्लिङ सिक्किम क्रान्तिकारी मोर्चा एसकेएमका राजु बस्नेतसँग पराजित भएका छान् ।  बस्नेतले ७ हजार १ सय ९५ मत ल्याउँदा चाम्लिङले ४ हजार ९ सय ३९ मत प्राप्त गरे ।

 


सम्बन्धित समाचार