Logo

२१ जेठ, वीरगञ्ज । मधेश प्रदेश सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ । प्रदेश सभाको बैठक सुरु भएलगत्तै जनमत पार्टीले विरोध जनाएपछि बैठक १० मिनेटका लागि स्थगित भएको हो ।

जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले मन्त्रीमाथि भएको आक्रमणको घटनामा छानविनको माग गर्दै विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले सभा बैठक १० मिनेटका लागि स्थगन भएको घोषणा गरे ।


सम्बन्धित समाचार