Logo

२१ जेठ,काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

लतिलपुरको लेले र नल्लुखका ढुंगाखानीबाट ढुंगा उत्खनन गर्ने क्रममा भ्रष्टाचार भएको भन्दै उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो। उनीहरूमाथि १ अर्ब ४ करोड बिगो मागदाबीसहितको आरोपपत्र दायर भएको छ।

उक्त अनियमितताको आरोपमा सोमबार ५ वटा मुद्दा पेस भएको छ। उनीहरूविरुद्ध राज्यलाई हानीनोक्सानी गरेर खानीलाई फाइदा पु¥याएको आरोप छ।


सम्बन्धित समाचार