Logo

२१ जेठ,जनकपुर । नेकपा एमाले मधेश कमिटीले प्रदेशमा आफ्ना संगठित सदस्य २ लाखभन्दा बढी बनाउने उद्घोष गरेको छ ।

एमाले केन्द्रीय संगठन विभागको आयोजना र मधेश प्रदेश कमिटीको व्यवस्थापनमा जनकपुरमा भएको पार्टी सदस्यता नवीकरण तथा अनलाइन अभिलेखीकरण विषयक अन्तरक्रियात्मक अभिमुखीकरणमा उक्त जानकारी दिइएको हो ।

मधेस प्रदेशमा अहिले ६७ हजार ७० पार्टी सदस्य रहेकोमा १ लाख ३६ हजार १३८ थपेर २ लाख ३ हजार २०८ सदस्य पु¥याइने एमाले मधेश प्रदेश कमिटीक सचिव मनोज पौडेलले जानकारी दिए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, संगठन विभागका सचिव माधव ढुङ्गेल, सब्जल मियालगायतले सदस्यता नवीकरण र अनलाइन अभिलेखीकरणका विषयमा प्रशिक्षण दिएका थिए ।

मधेस प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको सभापतित्वमा भएको कार्यक्रममा एमाले पोलिटब्युरो सदस्यद्वय सुमनराज प्याकुरेल र लीलानाथ श्रेष्ठसहित मधेश प्रदेशका आठ वटै जिल्ला अध्यक्ष र सचिवलगायतको उपस्थिति थियो ।

कार्यक्रममा मधेश प्रदेशमा जेठ महिनालाइ पार्टी सदस्यता नवीकरण र विस्तार सञ्चालन गर्ने निर्णय गरिएको प्रदेश सचिव पौडेलले बताए ।


सम्बन्धित समाचार