Logo

२२ जेठ, वीरगञ्ज । कांग्रेस मधेश प्रदेश संसदीय दलको बैठक आज बस्दै छ । विहान ११ देखि राखिएको बैठक केही बेरमा सुरु हुने बताइएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले भोली लिन लाागेको विश्वासको मतबारे निर्णय लिन कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो ।मुख्यमन्त्री सरोजकुमार यादवले चार दल मिलेर सरकार बनाउने तयारी गरेपछि कांग्रेस संसदीय दलले औपचारिक निर्णय लिनको लागि आज बैठक बोलाइएको बताइन्छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले बैठक बोलाएको बताइएको छ । संसदीय दलमा हुने बैठकमा भोली विश्वासको मत दिन निर्णय लिने तयारी गरिएको प्रदेश सांसद श्याम पटेलले जानकारी दिए । स्रोतका अनुसार कांग्रेस अहिलेसम्म जसपा नेतृत्वको सरकारलाइ निर्माण गर्ने पक्षमा रहेको छ । त्यसकारण कांग्रेसले मुख्यमन्त्री यादवलाई नै विश्वासको मत दिन निर्णय लिने अनुमान छ ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अहिले अल्पमतमा छ । एमाले र माओवादी सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको हो ।


सम्बन्धित समाचार