Logo

२२ जेठ,काठमाडौँ । भारतमा ६ साता लामो चुनावी प्रक्रिया र सात चरणको मतदानपश्चात आज मतगणना भइरहेको छ । मंगलबार बिहान ८ बजेदेखि कूल ५४२ लोकसभा सीटहरूको मतगणना शुरू भएको थियो ।

मत गणनाको प्रारम्भिक रुझानअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको एनडीए गठबन्धन २८९ सिटमा अगाडि छ भने विपक्षी आईएनडीआईए २३६ सिटमा अगाडि छ । जबकि अन्य १८ सिटमा अन्य दलले अग्रता लिएका छन् ।

मोदी कांग्रेसका अजय राईभन्दा ७५ हजार मतले अगाडि छन् । यस्तै, रायबरेली सिटबाट कांग्रेसका राहुल गान्धी भाजपाका दिनेश प्रताप सिंहभन्दा १ लाख १६ हजार मतले अगाडि छन् । योसँगै उनी केरलाको वायनाड सिटबाट दुई लाखभन्दा बढी मतले अगाडि छन् ।

अमेठीमा कांग्रेसकी किशोरी लाल भाजपाकी स्मृति इरानीभन्दा २७ हजार मतले अगाडि छन् । कन्नौज सिटबाट सपाका अखिलेश यादव भाजपाका सुब्रत पाठकभन्दा ६३ हजारभन्दा बढी मतले अगाडि छन् ।

भाजपाका अमित शाह गुजरातको गान्धीनगरबाट पाँच लाख बढी भोटले अगाडि छन् । बीजेपीकै राजनाथ सिंह लखनउबाट १८ हजार भोटले अगाडि छन् । बीजेपीकै हेमा मालिनी उत्तर प्रदेशको मथुराबाट एक लाख ९० हजार भोटले अगाडि छन् ।

यस्तै, उत्तर प्रदेशको आजमगढ लोकसभा सीटबाट भाजपाका उम्मेदवार र भोजपुरी फिल्म स्टार दिनेश लाल निरहुआ पछि छन् । आजमगढ लोकसभा सीटबाट धर्मेन्द्र यादवले करिब एक लाख मत पाएका छन् । निरहुआले ५४ हजार ३ सय मत पाएका छन् भने करिब ४५ हजार मतले पछि परेका छन् ।

उत्तर प्रदेशको गोरखपुर लोकसभा सीटबाट भाजपाका उम्मेदवार रवि किशन करिब २८ हजार मतले अगाडि छन् ।

चलचित्र अभिनेत्री कंगना रनौत हिमाचल प्रदेशको मंडी लोकसभा सिटबाट करिब ५४ हजार मतले अगाडि छिन् । यो सिटमा कांग्रेस उम्मेदवार विक्रमादित्य दोस्रो स्थानमा छन् ।

बिहारको कराकट लोकसभा सीटबाट स्वतन्त्र उम्मेदवार पवन सिंह तेस्रो स्थानमा छन् ।

पश्चिम बंगालको आसनसोल लोकसभा सिटबाट टीएमसीका उम्मेदवार शत्रुघ्न सिन्हा करिब ३२ हजार मतले अगाडि छन् । यो सिटमा सुरेन्द्रजीत सिंह दोस्रो स्थानमा छन् ।

गुडगाउँ लोकसभा सीटबाट कांग्रेस उम्मेदवार राज बब्बर करिब ३५ हजार मतले अगाडि छन् । यो सिटमा बीजेपीका राव इन्दरजीत सिंह दोस्रो स्थानमा छन् ।

पञ्जाबको खादुर साहिब लोकसभा सीटबाट स्वतन्त्र उम्मेदवार अमृतपाल सिंह अगाडि छन् । अमृतपाल सिंहले १,५३,५८९ मत प्राप्त गरेका छन् ।

यसैबीच उत्तर पूर्वी दिल्लीबाट चुनाव लडेका कन्हैया कुमार प्रारम्भिक रुझानमा पछि परेका छन् । भारतको निर्वाचन आयोगका अनुसार उनी भारतीय जनता पार्टीका उम्मेदवार मनोज तिवारीसँग पछि परेका छन् । भारतीय सञ्चार माध्यमको सहयोगमा

 


सम्बन्धित समाचार