Logo

२२ जेठ,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा कृषि मिटरको भुक्तानी नगरपालिकाले गर्ने भएको छ । नगरपालिका अन्र्तगतका कृषकहरुले जडान गरेको कृषि मिटर बिलको भुक्तानी नगरपालिका स्वयम्ले बेर्होने भएको हो ।

नगरप्रमुख किशोरी प्रसाद कलवारले कृषकहरुको कृषि मिटर बिल फ्री गर्न घोषणा गरेका थिए । सोही नगरप्रमुख कलवारले कृषकको भुक्तानी बराबरको २० लाख रुपैँयाको चेक र कागजातहरु नेपाल विद्युत प्राधिकरण सिम्रौनगढ प्रमुख तैयब अन्सारीलाई हस्तान्तरण गरे । यस्तै मेयर कलवारले चालु आर्थिक वर्षको कृषि मिटर बिल रिडिङ्ग गर्न विद्युत् प्राधिकरण सिम्रौनगढलाई आहवान गरे ।

सो अवसरमा उपप्रमुख नजमु शेहर, प्रमुख प्रशासकिय अधिकृत जयनरायण प्रसाद यादव, कार्यपालिका सदस्यहरु आशिवार्द ठाकुर, रामएकवाल प्रसाद यादव, बिवेक मेहता, रामदिनेश प्रसाद यादव, सुरेन्द्र प्रसाद जयसवाल, जवाहर साह कानु, मीना देवि, अवधेश सहनी, दिनदयाल प्रसाद मुखिया, अरबिन्द मुखिया, नन्दकिशोर प्रसाद जयसवाल, एजुलश अन्सारी, राजकुमार यादव, शिवमङ्गल कुशवाहा लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार