Logo

२३ जेठ, वीरगञ्ज । मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिने तयारी गरेका छन् । अन्तिम समयमा आएर मधेश प्रदेश सभाबाट मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गरेका हुन ।

विश्वासको मतसम्बन्धीको कार्यसूचि सार्ने प्रस्ताव सभामुखको कार्यालय अस्वीकार गरेपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने निर्णय गरेको बताइएको छ । आफूलाई समर्थन गर्ने दलहरुसंग गरेको परामर्शपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयार गरेको कांग्रेसका एक प्रदेश सांसदको भनाइ छ ।

कांग्रेसका प्रदेश सांसद श्याम पटेलका अनुसार चार दलका सांसदहरुले विश्वासको मतको कार्यसूचि नसारेर विश्वासको मत लिन सुझाएपछि मुख्यमन्त्री यादवले सदनबाट विश्वासको मत लिन लागेका हुन । विश्वासको मत पाउने सम्भावना न्यून भएपछि मुख्यमन्त्री यादवले सभामुखलाई विरामी परेको भन्दै आज विहान आजको कार्यसूचि सार्न निवेदन दिएका थिए ।


सम्बन्धित समाचार