Logo

२५ जेठ, वीरगञ्ज । मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सिंह भण्डारीले जनमत पार्टीका सांसद सतिश सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा सिंहलाई नियुक्त गरेकी हुन् ।

प्रदेश कार्यालयबाट नियुक्ति पत्र प्राप्त भएको नवनियुक्त मुख्यमन्त्री सिंहले रेसखबरलाई बताए । उनका अनुसार अब केहीबेरमा शपथग्रहण गर्ने कार्यक्रम छ ।सिंहले प्रदेश प्रमुखको कार्यालयमा ६ दलका ५५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

उनलाई नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थन रहेको छ ।


सम्बन्धित समाचार