Logo

फाईल फोटो

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज छिमेकी मुलुक भारतको भ्रमणमा जादै छन् ।

उनी भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र दामोदार मोदीको शपथग्रहणमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री प्रचण्ड आज आइतबार नेपालबाट नयाँ दिल्ली प्रस्थान गर्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार आज आइतबार आयोजना हुने शपथग्रहण समारोहमा सहभागी भएपछि उनले भारतका प्रधानमन्त्री मोदीसँग छुट्टै भेट गर्नु हुने कार्यक्रम रहेको छ ।

भारतका प्रधानमन्त्री मोदीको यो तेस्रो कार्यकालको शपथग्रहण हो ।

भारतमा तेस्रो पटक प्रधानमन्त्री हुने सुनिश्चित भएपछि प्रधानमन्त्री प्रचण्डले टेलिफोनमार्फत मोदीलाई बधाई दिएका थिए। साथै मोदीले शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरेका थिए ।

त्यसलगत्तै गत बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत गरेको हो । यसैबिच प्रधानमन्त्री प्रचण्डले शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डका साथमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, सरकारका उच्चाधिकारी र उनकी सुपुत्री गङ्गा दाहाल भ्रमणमा जादैछन् । प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।


सम्बन्धित समाचार