Logo

२७ जेठ,काठमाडौं । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ र दैलेखको आठबिस नगरपालिका वडा–४ जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिँदा १४ वटा खच्चर पुलमै अड्किएका छन्।

जिल्ला प्रशासन कार्यालय, दैलेखका निमित्त प्रमुख गणेशप्रसाद कोइरालाले आज बिहान करिब ९ बजे नै पुलको एकातर्फको लठ्ठा चुँडिँदा ती खच्चड तारमा फसेको जानकारी दिए।

उनका अनुसार १४ वटा खच्चर फसेकोमा एउटा चाहिँ नदीमै खसेको थियो। तर,सामान्य चोट लागेको र उद्धार गरिएको निमित्त प्रमुख कोइरालाले जानकारी दिए। उनका अनुसार अरू खच्चड भने पुलमै फसेका छन्।

उनले भने,‘हामीले चाही ११ बजे जानकारी प्राप्त भयो,फसेका खच्चडहरुको उद्धार गर्न सशस्त्र प्रहरी,स्थानीय लगायत खटिएका छन्,तर ठाउँ असहज भएकाले जटिल चाहिँ छ,उद्धार गर्ने प्रयास भइरहेको छ।’

जिल्ला प्रशासन कार्यालय दैलेखले अहिले पुलको लठ्ठा चुँडिएसँगै दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको जनाएको छ।


सम्बन्धित समाचार