Logo

१७ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक जना ५ वर्षीया नाबालिका बलात्कृत भएकी छिन् । महानगरको वडा नम्बर १३ निवासी एक ५ वर्षीया नाबालिका बलात्कृत भएकी हुन् ।

घरमा कोही नभएको मौका छोपी एक युवकले ती नाबालिकाको बलात्कार गरेको घटना बाहिरिएको छ ।  ललाइफकाइ गरेर ती नाबालिकालाई युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ । दिदीको डेरामा बस्दै आएका २५ वर्षीय युवकले तीन दिन अगाडि त्यही घरमा बस्ने ५ वर्षीया नाबालिकाको बलात्कार गरेको स्रोतले जनाएको छ ।

कामको सिलसिलामा बाहिर रहेका बुवा घरमा आएपछि नाबालिकाकी आमाले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि मात्र बलात्कारको घटना उजागर भएको हो ।  जिल्ला प्रहरी कार्याालय पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले बलात्कार घटनाबारे आज प्रहरीमा उजुरी आएको पुष्टि गरे । घटनाबारे अनुसन्धान भइरहेको र मुद्दा दर्ता प्रक्रियामा अगाडि बढिसकेको उनले बताए ।

यसैबिच घटनाबारे उजुरी आएलगत्तै आरोपित युवकलाई पक्राउ गरिसकेको प्रहरी स्रोत बताउँछ । पक्राउ पर्नेमा आरोपित वीरगञ्ज–३१ निवासी निरञ्जन मण्डल रहेको प्रहरी स्रोतले जनायो ।


सम्बन्धित समाचार