Logo

२७ मंसिर ,काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिकामा आज साँझ जन्ती बाेकेकाे बस दुर्घटनामा १८ जनाको शव फेला परेको छ । बेथान्चोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेशथानको सल्लाघारीमा बा ३ ख ४३८५ नम्बरकाे रिभर्ज बस दुर्घटना भएको थियो ।
अहिलेसम्म १८ जनाको मृत्यु भएको र २५ जनाभन्दा बढीको शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बनेपा नगरपालिका ११ सल्लेबाट विहेका लागि गएको जन्ति बस दुर्घटना भएको बताइएको छ । मृतकहरुको सनाखत भइसकेको छैन । नेपाल प्रेस


सम्बन्धित समाचार