Logo

२३ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको बजेट संघीय संसद्को दुवै सदनबाट पारित भएको छ ।

प्रतिनिधिसभाबाट यसअघि नै पारित भई सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक, २०८३ लाई मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले समेत बहुमतले पारित गरेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभामा उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । दुवै सदनबाट बजेट पारित भएसँगै यसले कानुनी रूपमा अन्तिम स्वीकृति पाएको छ । यसै क्रममा, अर्थमन्त्री डा.वाग्लेले राष्ट्रिय सभाको बैठकमा आर्थिक विधेयक, २०८३ समेत पेश गर्नुभएको छ ।


सम्बन्धित समाचार