Logo

२३ असार,काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा प्रमुख मौद्रिक उपकरणहरूमा कुनै परिवर्तन गरेको छैन ।

गभर्नर डा. विश्व पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमा चालु आर्थिक वर्षमा प्रयोग हुँदै आएका मौद्रिक उपकरणलाई नै निरन्तरता दिइएको छ । मौद्रिक नीतिमा ब्याजदर करिडोरअन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर र बैंकदर यथावत् राखिएको उल्लेख छ ।

त्यस्तै, वैधानिक तरलता अनुपात (एसएलआर) तथा स्थायी तरलता सुविधा (एसएलएफ) सम्बन्धी विद्यमान व्यवस्थालाई पनि निरन्तरता दिइएको छ ।

राष्ट्र बैंकले विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने नीति लिएको छ ।

मौद्रिक नीतिमा विदेशी मुद्रा खरिदकै समयमा तरलता व्यवस्थापनका लागि ‘स्टेरलाइज्ड इन्टरभेन्सन’ गर्ने नीतिगत व्यवस्था गरिने उल्लेख छ ।


सम्बन्धित समाचार
भर्खरै