Logo

१ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते बस्ने संसद बैठकमार्फत देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।

ओलीले संसदमार्फत् देशबासीलाई साउन ६ गते बस्ने संसद बैठकमा सम्बोधन गर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। सोमबार बसेको ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुलाई एक महिनाभित्र केही न केही फरक गरेर देखाउन निर्देशन दिएका छन्।

कांग्रेस–एमाले गठबन्धनबाट बनेको सरकारले पहिलो पटकमै पूर्णता पाएको छ। जसमा एमालेका प्रधानमन्त्रीसहित ९ जना, कांग्रेसबाट १० जना मन्त्री बनेका छन्। त्यस्तै, लोसपाबाट एकजना र अशोक राई नेतृत्वको जसपाबाट २ जना मन्त्री बनेका छन्।


सम्बन्धित समाचार