Logo

४ साउन,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

माओवादी संसदीय दलको कार्यालयमा तीन नेताबीच अहिले छलफल जारी छ । काँग्रेससँग मिलेर प्रधानमन्त्री बनेको केपी ओलीले आइतबार विश्वासको मत लिँदै छन् । एमालेले काँग्रेससँग मिलेपछि तीनै दल सत्ताबाट बाहिरिएको छन् ।

काँग्रेस एमाले गठबन्धनलाई अधिकांश सबै साना दलले समर्थन गरे पनि माओवादीसहित रास्वपा र नेकपा एस विपक्षमा देखिएका छन् । तीन शीर्ष नेताबीच पछिल्ला विकसित राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे छलफल भइरहेको बुझिएको छ ।


सम्बन्धित समाचार