Logo

४ साउन,वीरगञ्ज । पर्साका किसानहरुले बर्षेबाली धान रोपाई गरेको करिब दुई साता नबित्दै रोगको प्रकोप बढेको गुनासो गरेका छन्।

किसानले लगाएका सोना मंसुली, मनी मंसुली, हर्दिनाथ–१, सोना सारो, भदई मंसुली, कतरनी तथा अन्य हाइब्रिड जातका धानबालीको बिरुवामा रोग लाग्न थालेका छन् । बिरुवामा पलाएका नया हाँगाको बीचको टुसा नै सुक्न थालेका जिराभवानी गाउँपालिका वडा नं. २ सेढवाका किसान अमृत चौधरीले बताए।

बिरुवाको झिकेर हेर्दा टुसाको मुनिको भाग कुहिएको किसान चौधरीले बताए । बिरुवा करिब आधा भाग हाँगाको टुसा नै सुकेर रातो भइरहेको किसान चौधरीले बताए। बिगतको तुलनामा यस पटक उन्नत जातको बीऊ, किटनाशकयनिक मल तथा समयमै पानी परेकाले राम्रो तरिकाबाटश रोपाई भएपनि यो रोगका कारण किसानहरु चिन्तामा परेका छन।

यो रोगमा बालीको बाला निस्किने मुख्य टुसा नै सुक्ने भएपछि बिरुवा बाकी नरहने किसानहरुले गुनासो गरे । यस सम्बन्धमा जिराभवानी गाउँपालिकाका कृषि शाखाका प्राबिधिक क्षत्रबहादुर साहका अनुसार यो रोग गबारो रोग रहेको बताए। रोपाईपछि लामो समयसम्म खेतमा पानीको मात्रा बढि भएकाले यो रोगको प्रकोप बढेकोÞ प्राबिधिक साहले बताउनुभयो ।

यस रोगबाट छुटकारा पाउनका लागि बाली लगाएका खेत सुख्खा राखी कृषि प्राबिधिकको सल्लाह लिई किटनाशक औषधी प्रयोग गर्न साहको सुझाव छ ।

 


सम्बन्धित समाचार