Logo

५ साउन, वीरगञ्ज । वीरगञ्ज स्थित दिल्ली पब्लिक स्कुलको बसबाट भन्सार छलिका सामान बरामद भएको छ ।

स्कुलमा अध्यनरत भारत विहार, रक्सौलका बिद्यार्थीहरुलाई छोडेर नेपाल तर्फ आउने क्रममा बस भित्र विभिन्न सामान लुकाएर ल्याउने गरेको प्रहरीले सुराकी पाएको थियो । सोही सूचनाको आधारमा शुक्रबार साँझ सशस्त्र प्रहरी बल, नेपाल प्रहरी सिमा सुरक्षा गुल्म वीरगञ्जले भन्सारको प्रवेशद्वार नजिक चेकजाँच गरेको थियो ।

चेकजाँचको क्रममा बस भित्रबाट २ लाख ६३ हजार ७ सय रुपैया बराबरको कपडा तथा मोविल लगाएतका सामानहरु भेटिएको प्रहरीले जनाएको छ ।

स्कुल बस भित्र भन्सार छलिका सामान भेटिएपछि चालक परवानीपुर गाउँपालिका वडा नम्बर ४ निवासी ३२ वर्षका किशोरी राम र वीरगञ्ज ११ श्रीपुर निवासी ४२ वर्षका सहचालक दिपक गिरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भन्सार छलिका सामान ओसारपसारमा प्रयोग भएका स्कुल बस सहित ३२ लाख ६३ हजार ७ सय बराबरको सामान सहित चालक र सहचालकलाई आवश्यक कारवाहीका लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार