Logo

३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको मधेश प्रदेश अधिवेशनको तयारी र त्यहाँ देखिएको आन्तरिक विवादबारे छलफल तीव्र पारेका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार मधेश प्रदेशका सांसदहरूसँग भएको छलफलमा उनले प्रदेशको पछिल्लो साङ्गठनिक अवस्थाबारे चासो राखेका हुन् । अन्य ६ वटा प्रदेशमा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन भइसक्दा पनि मधेश प्रदेशमा भने साङ्गठनिक प्रक्रिया अझै अन्योलग्रस्त छ ।

रास्वपाको मधेश प्रदेश समितिको अवस्था र केही जिल्लाका पालिका तथा वडाहरूमा अधिवेशन हुन नसकेको विषयले पार्टीभित्रै चिन्ताको विषय बनेको छ । हालसम्म पर्सा जिल्लामा मात्र अधिवेशन सम्पन्न भएको छ भने बाँकी जिल्लाहरूमा नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

आन्तरिक विवादका कारण मधेशमा पार्टीको साङ्गठनिक जग बलियो बनाउन सकस परिरहेका बेला सभापति लामिछानेले सांसदहरूसँग संवाद गरेरै निचोड निकाल्ने प्रयास गरेका हुन् । यो छलफलले मधेश प्रदेशमा रोकिएको अधिवेशनको बाटो खुलाउने र देखिएका विवादलाई हल गर्ने रास्वपाको अपेक्षा छ ।


सम्बन्धित समाचार