Logo

३ असार, काठमाडौं ।  ५०० रुपैयाँको नयाँ नोट सक्कली हो कि होइन भनेर पहिचान गर्न तपाईंले केही मुख्य सुरक्षा विशेषताहरूलाई ध्यानपूर्वक जाँच्न सक्नुहुन्छ ।

सबैभन्दा पहिले, नोटको मध्यभागमा रहेको ३.५ मिलिमिटर चौडा सुरक्षा धागोलाई हेर्नुहोस्, जुन सीधा हेर्दा रातो देखिन्छ भने अलि ढल्काउँदा हरियो रङमा परिवर्तन हुन्छ । नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा दायाँतर्फ लालीगुराँसको स्पष्ट पानीछाप (वाटरमार्क) देखिन्छ, र सोही पानीछापको बायाँतर्फ दृष्टिबिहीनहरूका लागि स्पर्शबाटै पहिचान गर्न सकिने दुईवटा कालो थोप्लाहरू राखिएका छन् ।

त्यस्तै, सगरमाथा हिमालको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्रलाई ध्यान दिनुहोस्, जुन सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो रङमा बदलिन्छ । नोटको अग्रभागमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षर, सगरमाथा हिमालको चित्र तथा वि.सं. २०८२ लेखिएको हुन्छ भने पछाडिको भागमा पाटेबाघको चित्रका साथै उल्लेख गरिएको हुन्छ ।

यी विशेषताहरूका साथै नोटको छपाइ र कागजको गुणस्तरमा ध्यान दिँदा सहजै सक्कली नोट चिन्न सकिन्छ, यदि नोटको सुरक्षा विशेषताहरूमा शंका लागेमा वा नोट नक्कली जस्तो महसुस भएमा नजिकैको बैंक तथा वित्तीय संस्थामा लगेर परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो ।


सम्बन्धित समाचार
भर्खरै