Logo

९ साउन,वीरगञ्ज । वीरगञ्जको जीवन ज्योति ईङ्गलिस बोडिङ्गले सिमलतालमा भएको बस दुर्घटनाका एक जना पीडितलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवको पहलमा एक जना पीडितलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको हो ।

यहि असार २८ गते भरतपुर महानगरपालिकाको सिमलतालमा भएको बस दुर्घटनामा बेपत्ता भएका सखुवाप्रसौनी गाउँपालिका वडा २ निवासी हृदयनरायण राउत थारुको कान्छो छोरा चन्दन राउत थारुलाई छात्रवृत्ति दिने निर्णय भएको हो ।

जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिव गुप्ताले कक्षा ६ मा अध्ययनरत चन्दन राउत थारुलाई १२ कक्षा सम्म निःशुल्क पढाउने र भविष्यमा रोजगारीको अवसर पनि प्रदान गर्ने घोषणा गर्नुभएको छ । साथै, सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादवले व्यक्तिगत रुपमा.पचाँस हजार सहयोग गर्नुभएको छ ।

पीडितको घरमा घरमा अध्यक्ष यसवन्त यादव, प्रमुख प्रशासकीय अधिकृत राजेश रौनिया, वडा २ का अध्यक्ष चिरञ्जीवी महतो थारु, श्री दिपनरायण आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवनाथ चौधरी लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार