Logo

१५ साउन,वीरगञ्ज । पर्सा प्रहरीले झन्डै ४ लाख मूल्य बराबरका भन्सार छलिका लत्ताकपडा तथा खाद्यान्न सामानहरू बरामद गरेको छ । विशेष सुचनाको आधारमा प्रहरिले ३ लाख ७० हजार मूल्य बराबरका सामानहरु बरामद गरेको जनाएको छ ।

प्रहरीले जिल्लाका फरकफरक स्थानहरुमा चलाएको जाककंच अभियान क्रममा ती सामानहरु पक्राउ गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्वर ८ रेल्वे रोडस्थित एरियाबाट ४० हजार रुपैयाककं बराबरका चिनी बरामद गरेको जनाएको छ । बरामद ४८५ केजीको चिनीको बिल शंकास्पद लागेकोले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रहरी नायब उपरिक्षक दिपक भारतीले बताए ।

यस्तै वीरगन्ज–८ गहवा एरियाबाट प्रहरीले १ लाख १० हजार मूल्यका ४ बोरा मिट मसला पक्राउ गरेको उनले जनाए । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहकीको टोलीले वीरगन्ज–१४ गण्डकबाट १ लाख ८० मूल्यका
लेडिज कुर्ता सुरुवाल ७६ पिस, जेन्स कुर्ता ६० पिस र स्टिलको कचौरा २२४ पिस नियन्त्रणमा लिएको जनायो ।

यसैगरी प्रहरी चौकी इनर्वाको टोलीले वीरगन्ज–१६ रजतजयन्तीस्थित सडकखण्डबाट ४० हजार मूल्यका सामानहरु पक्राउ गरेको प्रहरी बताउककंछ । प्रहरीका अनुसार उक्त मूल्य बराबरका लेडिज कुर्ता सुरुवाल, प्लाजो, कुर्ता सेट, चुरा, चिनी र प्याज प्रहरीले नियन्त्रणमा लिएको हो ।

बरामद सामान तथा लत्ताकपडा आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार