Logo

फाइल तस्बिर

१५ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ बाट नेपाली एक हजार दरको २ वटा नक्कली नोट सहित भारतीय नागरिक पक्राउ परेका छन् ।

भारत बिहार प्रान्त बेतिया ग्राम बैरिया–३ बस्ने २२ वर्षीय अजाद आलमलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार