Logo

१५ साउन,वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका कुखुराको चल्ला बरामद गरेको छ । कुखुराको चल्ला तस्करी भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले गरेको जाँचको क्रममा आज विहान भन्सार छलीका चल्ला बरामद गरेको हो ।

प्रहरीले अमरपट्टी नाकाबाट १४ कार्टुनमा १४ गोटा कुखुराको चल्ला बरामद गरेको प्रहरी प्रवक्ता दीपक भारतीले बताए । उनका अनुसार भन्सार छलीका कुखुराको बिना क्वारेन्टाइन भित्रिरहेको सूचनाको आधारमा छड्के जाँच चलाउँदा बरामद भएको हो ।

प्रहरीको टोलीलाई देख्नसाथ तस्करहरु कुखुरको चल्ला छाडी फरार भएको प्रहरी दाबी छ । बिना क्वारेन्टाइन ल्याउँदै गरेको अवस्थामा बरामद चल्ला आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन सिस्र्रिया पठाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार