Logo

१७ साउन,वीरगञ्ज । पर्सा प्रहरीले ४ वटा घरेलु मदिरा भट्टी नष्ट पारेको छ ।
प्रहरीले पकाहामैनपुर गाउँपालिका वडा नम्बर ४ खेस्राहामा ४ वटा घरेलु मदिरा भट्टी नष्ट पारेको हो ।

विभिन्न व्यक्तिहरुले अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरिरहेको विशेष सुचनाको आधारमा छापामारी गरी घरेलु मदिरा भट्टी नष्ट गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जनाए ।

उनका अनुसार प्रहरी चौकी खेस्राहाबाट गएको प्रहरीको टोलीले ४ वटा मदिरा भट्टी, दुई हजार लिटर कच्चा पदार्थ र पाँच सय लिटर तयारी घरेलु मदिरा नष्ट गरिएको हो ।


सम्बन्धित समाचार