Logo

१७ साउन,वीरगञ्ज । वीरगञ्जका निरञ्जन कुमार अग्रवाललाई थप तीन दिन हिरासतमा राखिने भएको छ । जिल्ला अदालत पर्साले अग्रवाललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

उनीमाथि झुटो विवरण दिई नागरिकता लिएको तथा सवारी चालक अनुमति पत्र किर्ते गरेको आरोप छ । उनलाई हिजो जिल्ला प्रहरी कार्यालयको टोलीले आदर्शनगरबाट हिजो पक्राउ गरेको थियो ।

अग्रवालमाथि अब प्रहरीले तीन दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्ने पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले बताए ।


सम्बन्धित समाचार