Logo

फाइल तस्बिर

१९ साउन,वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणामा  लागु औषध गाँजासहित एक जना महिलालाइ पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले जाँच गर्दा ठोरीबाट ५० किलो लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले ठोरी गाउँपालिका वडा नम्बर २ सुन्दरबस्तीबाट अनिता गुरोलाई पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता दीपक भारतीले बताए । इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले उनलाइ लागु औषध गाँजासहित पक्राउ गरेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकी गुरोलाइ प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । उनीमाथि लागु औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाढि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार