Logo

२२ साउन,काठमाडौँ । सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २६ जनासँग बयान लिने भएको छ ।

मङ्गलबार समितिको कार्य प्रगति सुनाउँदै समिति सभापति सूर्य थापाले २६ जनासँग सोधपुछ गर्ने निर्णय भएको बताए । ‘सोधपुछका क्रममा सोध्ने प्रश्न तयार पारिएको छ’, उनले भने ।

सूचीमा रहेका २६ जनामध्ये केही विदेश छन् भने केही जेलमा छन् । थापाले उनीहरू सबैको नाम सार्वजनिक गर्न चाहेनन् । तथ्यमा केन्द्रित रहेर सोधपुछ गरिने भन्दै थापाले तर मुख्य मानिस बाहिर हुँदा सत्य तथ्य पहिचानमा केही चुनौती हुने बताए ।

सहकारी ठगी प्रकरणमा तत्कालीन गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि उक्त समिति गठन भएको थियो ।


सम्बन्धित समाचार