Logo

२० साउन,वीरगञ्ज । मधेस प्रदेश सरकारले पाँच जना राज्यमन्त्री थपेका छन् । मुख्यमन्त्री सतिशकुमार सिंहले थप ५ राज्यमन्त्री नियुक्त गरेका हुन् ।

उनले आज नेपाली कांग्रेसबाट २ जना, जनमत पार्टी, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट १/१ जना गरी पाँच जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।
जसमध्ये एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मोहम्मद जयद आलम, कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, ऊर्जा, सिँचाइ, सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुमारी रजक नियुक्त भएका छन् ।

यस्तै लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग तथा पर्यटन राज्यमन्त्री शम्भु साहलाई नियुक्त गरिएको छ ।
योसँगै मधेसको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ । मधेसमा जम्मा १२ वटा मन्त्रालय रहेका छन् ।


सम्बन्धित समाचार