Logo

२२ साउन,वीरगञ्ज । पर्साबाट लागू औषध सहित दुईजना पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटस्थित एरियाबाट लागू औषधसहित दुईजना पक्राउ परेका हुन् ।

प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोलीले चलाएको जाँच अभियानका क्रममा भारततर्फ जाँदै अवस्थामा उनीहरुलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भारत पूर्वी चम्पारण रक्सौल वडा नम्बर १ बडा परेउवा बस्ने ३५ वर्षका अनवर आलम र मोतिहारी पूर्वी छतौना बस्ने २२ वर्षका ईम्तेयाज आलम रहेका छन् ।

तिघ्रामा कालो रङको प्लाष्टिकले बेरेको र पछाडी भिर्ने कालो रङ्को झोला भित्र लुकाईछिपाई राखेको अवस्थामा उनीहरुको साथबाट लागू औषध चरेश फेला परेको प्रहरी नायब उपरिक्षक दिपक भारतीले बताए ।

उनीहरुको साथबाट प्रति प्याकेट ५०० ग्रामका दरले २० प्याकेटमा १० किलोग्राम चरेश बरामद भएको उनले जानकारी दिए । यश विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।


सम्बन्धित समाचार