Logo

२२ साउन,वीरगञ्ज । झण्डै ४४ लाख मूल्य बराबरका भन्सार छलीका कपडासहित ट्रक पर्साबाट पक्राउ परेको छ । विशेष सुचनाको आधारमा प्रहरीले वीरगन्ज–२४ बहुवरीबाट भन्सार छलीका कपडासहित ट्रक पक्राउ गरेको हो ।

प्रहरीले चलाएको जाँच अभियानका क्रममा ४३ लाख ९४ हजार ३३२ मूल्य बराबरका कपडा लोड रहेको ट्रक बरामद गरेको पर्सा प्रहरीका डिएसपी दिपक भारतीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले प्र २–०३–००१ ख ५१३७ नम्बरको ट्रक पक्राउ गरेको उनले बताए ।

पक्राउ परेका कपडासहित ट्रकलाइ आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार