Logo

२३ साउन,वीरगञ्ज । मधेश प्रदेश सरकार अहिले सरकार विस्तार गरेसंगै क्याबिनेटलाई राज्यमन्त्री बनाएपछि चर्चामा छ । सरकार मंगलबार (हिजो) ५ राज्यमन्त्री थप्दै जम्बो मन्त्रिमण्डल विस्तार गरेपछि चर्चा चुलिएको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहले पाँच राज्यमन्त्री थपेसंगै अहिले मधेश सरकारमा २० जनाको मन्त्रीमण्डल छ । जसमा नेकपा एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मोहम्मद जैद आलम पनि छन् ।

उनी पहिलो पटक क्याबिनेट मन्त्री भइसकेका थिए । तर हिजोको मन्त्रीमण्डल विस्तारमा भने आलम राज्यमन्त्री बनेका छन् । यसकारण उनको आलोचना पनि तिव्ररुपमा भइरहेको छ ।

आलम पहिलो पटक ०७९ माघ २० मा जसपा नेपालका तत्कालीन सरोजकुमार यादव नेतृत्वको सरकारमा महिला बालबालिका युवा तथा खेलकुदमन्त्री बनेका थिए ।
उनी रौतहट क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् ।


सम्बन्धित समाचार