Logo

२३ साउन,काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा कोकिनसहित एकजना पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ६ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले लातभिया घर भएका ५१ वर्षीय इभार्स भाल्टर्सलाई गरेको जानकारी दिएको छ ।

उनको साथबाट ६ किलो कोकिन बरामद गरेर अनुसन्धान सुरु गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी दिनेश आचार्यले बताए । पक्राउ परेका भाल्टर्स दोहाबाट कतार एयरवेजको उडा नम्बर क्यूआर ६४४ मार्फत आज विहान १ बजे काठमाडौँ आएका थिए ।

 


सम्बन्धित समाचार