Logo

२४ साउन,काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ १५ देखि मंसिर १५ सम्म तीन महिना देशभर संगठनात्मक अभियान चलाउने भएको छ ।

बुधबारबाट शुरू भएको केन्द्रीय समितिको बैठकमा तीन महिने संगठनात्मक अभियान चलाउने निर्णय गरेको जानकारी प्रवक्ता डा. प्रकाशशरण महतले दिए । ‘कांग्रेसले संगठनात्मक १०० दिने अभियान गर्ने प्रस्ताव गरेको छ,’ महतले भने, ‘यो अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन हुनेछ ।’

अभियानमा केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने तयारी कांग्रेसको छ । बुधबार शुरू भएको बैठकमा विभिन्न ११ वटा एजेन्डा छलफलका लागि प्रस्तुत भएको जानकारी महतले दिए । अब बिहीबारबाट महासमितिका प्रस्तावलाई छलफल गरी पारित गर्नेसहितका विषयमा छलफल हुने जानकारी उनले दिए ।

बुधबार शुरू भएको बैठकमा विभिन्न ११ वटा एजेन्डा छलफलका लागि प्रस्तुत भएको जानकारी महतले दिए । अब बिहीबारबाट महासमितिका प्रस्तावलाई पारित गर्नेसहितका विषयमा छलफल हुने जानकारी उनले दिए ।

गत फागुनमा भएको महासमिति बैठकमा प्रस्तुत भएर पारित भएका तीन प्रस्तावमाथि केन्द्रीय समितिको बैठकमा छलफल हुने महतले बताए ।

‘महासमितिको बैठकले विभिन्न प्रस्तावमा छलफल गरेको थियो । केन्द्रीय समितिले परिमार्जन गर्ने निर्णय भएको थियो । केन्द्रीय पदाधिकारीले तयार गरेको परिमार्जित प्रस्तावमा भोलिबाट छलफल हुनेछ,’ उनले भने, ‘बैठकले राष्ट्रिय सहमतिको सरकारको सम्बन्धमा गरेको कार्यसम्पादन समितिको निर्णयलाई अनुमोदन गरेको छ ।’

बुधबारदेखि शुरू भएको बैठकमा भ्रातृ संस्थाको अधिवेशन समयमै गर्ने, अनुशासन समितिका संयोजक आनन्द ढुंगनाको प्रगति प्रतिवेदन प्रस्तुत भएको छ । बैठकमा पार्टीका वडादेखि माथिल्लो तहसम्म खाली भएको रिक्त पदको पूर्ति गर्ने, क्रियाशील सदस्यता नवीकरण, नयाँ कार्ड वितरण, नयाँ सदस्यता दिने विषयमा छलफल हुनेछ ।

साथै बैठकले मन्त्री, स्थानीय तहका जनप्रतिनिधिका लागि निर्देशिका बनाउने विषयमा पनि छलफल हुने जानकारी महतले दिए । कार्यसम्पादन निर्देशिका निरन्तर केही दिन छलफल गरेपछि निष्कर्षमा पुग्ने जानकारी महतले दिए ।


सम्बन्धित समाचार