Logo

२५साउन,वीरगञ्ज । पर्साबाट प्रहरीले लागु औषधसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित वीरगञ्ज भन्सार कार्यालय अगाडीबाट लागु औषधसहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्ला सकराहा थाना वडा नं.९ बस्ने ३५ वर्षका धुरेन्द्र राम र उनकी श्रीमती ३२ वर्षकी मधु देवी रहेकी छन् ।
प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त चेकिङ टोलीले भारतको रक्सौलबाट नेपालतर्फ शंकाष्पदरूपमा आउँदै गरेको अवस्थामा उनीहरुलाई लागु औषधसहित पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट ट्रोहमा लेखिएको ४४८ पत्तामा १० पीसको दरले चार हजार ४८० पीस ट्याब्लेट र काटेको २४ पीस ट्याब्लेट गरी जम्मा चार हजार ५०४ पीस लागु औषध ट्याब्लेट बरामद भएको प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।

पक्राउ परेकाहरुमाथि लागु औषध सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार